काठमाडौं । सिरहा छठ घाटबाटै सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का २४ वार्षिय रबिन दास रहेका जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनको साथबाट एक थान लोडेडकटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियाले जनाए ।
प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।
औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेकोजिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख उमा शकर पजियाले जनाएका छन् । यादवसँग दासको पुरानो रिसिबिरहेको कारणले विनोद यादवलाई गोली मार्ने योजना बनाएर गोलिहान्न छठको घाटमा दास गएको सिरहाका प्रहरी प्रमुख पजियाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया