काठमाडौं । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स ले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आईमार्क प्रालिलाई विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्ड वाट सम्मानित गरेको छ ।
मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड(टू(डब्ल्यूसीआईटी मलेशिया २०२० को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटीरईन्क्लुजन अवार्ड र आईमार्कलाइ कोभिड(१९ वेस्ट ईन्ड्रस्ट्रि सोलुसन बाट सम्मानित गरेको हो ।
विगत २० वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोभिड ( १९ महामारिका कारण यो वर्ष भर्चुवल माध्यमबाट गरिएको थियो ।
विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि श्री निक एश्टन(हार्ट लगाएत सात सदस्यिय छ्नौट समितिले विश्वका विभिन्न मुलुकवाट प्राप्त सयौं आबेदनहरुवाट ४१ वटा निजि कम्पनी तथा सार्बजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको हो ।
नेपालको सूचना तथा संचार प्रविधिको विकास र विस्तारमा विशेष योगदान गरेवापत वर्ल्डलिंक सो पुरस्कारबाट सम्मानित भएको हो ।

वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ८५५० ठाउँहरुबाट निशुल्क वाईफाई सेवा दिँदै आएको छ भने, दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेको कम्पनीले जनाएको छ ।
कोभिड १९ को महामारीसँग लढ्न सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका निम्ति आईमार्क प्रा।लि।ले सो पुरस्कारवाट सम्मानित भएको हो ।
आईमार्कले, पायोनियर एसोसियट्स र आईडियल कन्सर्न सँगको सहकार्यमा नेपाल सरकारको निम्ति कोविद एनपि कन्ट्याक ट्रेसिङ मोबाइल एप्लिकेशन वनाएको थियो भने, कोभिड (१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मिहरुको निम्ति वेबमा आधारित प्लाट्फर्म उपलब्ध गराएको थियो ।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।
क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया विस्टाको हालै सम्पन्न वार्षिक साधारणसभावाट बोर्ड अफ डाइरेक्टरमा पुनःनिर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया