काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १०७ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ४८४ जना महिला र ६२३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लमा मात्रै ९ हजार ६८१ सक्रिय केस रहेका छन् भने ७१ हजार ५९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिलेसम्म काठमाडौंमा ३१६ जनाको मृत्यु भएको छ भने ८१हजार ५८८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा ७८३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ४७० जना निको भएका छन् । त्यस्तै हालसम्म ८३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ३३६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा २ हजार २२८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ९ हजार ६३१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ ११ हजार ९४८ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ३६४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।
अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया