कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय नजिक, आज कति थपिए मृतक ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बिहीवार नेपालमा कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ३६४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?