काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रवार जन्मदिन परेको छ । उनी शुक्रवारदेखि ७८ बर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गरेपछि बाइडेन अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ ।
यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ बर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिदै आएको थियो । उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार बर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ ।
उमेरको हिसाबले बाइडेन वृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उन रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् ।
राजनीतिमा करिब ५ दशकदेखि सक्रिय जो बाइडेनले सबैभन्दा युवा सिनेटरदेखि सबैभन्दा बढी उमेरको अमेरिकी राष्ट्रपति बन्नेसम्मको शानदार यात्रा गर्दै इतिहास रचेका छन् ।
बाइडेन ६ पटक सिनेटर बनेका थिए । अहिले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै ७७ वर्षीय बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्न सफल भएका छन् । त्यसो उनले पहिलोपटक नै यो सफलता हासिल भने गरेका होइनन् । यसअघि सन् १९८८ र २००८ पनि उनी राष्ट्रपतिको दौडमा थिए तर पराजित भए ।
वासिङ्टनमा ५ दशक बिताइसकेका वाइडेन अमेरिकी जनतामाझ चिरपरिचित नेता हुन्। तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उनी लगातार ८ वर्षसम्म उपराष्ट्रपति थिए ।
७४ वर्षीय ट्रम्पलाई हराएर ह्वाइट हाउसमा स्थान बनाउने बाइडेन अमेरिकी इतिहासमै अहिलेसम्मकै सबैभन्दा अधिक उमेरका राष्ट्रपति बन्न सफल भएका छन् । अमेरिकाको पेनसिल्भेनियामा १९४२ मा जन्मेका बाइडेनले डेलाभेयर विश्वविद्यालयबाट पढाइ पूरा गरेका थिए । त्यसपछि १९६८ मा उनले कानुमा डिग्री हासिल गरेका थिए ।
बाइडेन डेलाभेयरमा सबैभन्दा पहिले १९७२ मा सिनेटर चुनिएका थिए । त्यतिखेर उनको उमेर केवल २९ वर्षमात्र थियो । अमेरिकामा बाइडेन अहिलेसम्म पनि सबैभन्दा कम उमेरमा सिनेटर बन्ने नेताका रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया