३० भन्दा धेरै बाँदा बोरामा मृत भेटिए !

काठमाडौं । भारतको तेलंगानास्थित महबूबाबादमा एक दर्दनाक घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ बोराभित्र ३० भन्दा धरै बाँदर मृतावस्थामा भेटिएका छन् । वन विभागले अहिले बाँदर हत्या गर्ने मानिसको खोजी गरिरहेको बताइएको छ।

यो घटना कसले र कसरी भयो भन्ने बारे हालसम्म केहि पत्ता लागेको छैन ।

बोराभित्र भेटिएका बाँदरका शव गलेको अवस्थामा फेला फेला परेका थिए । जसका कारण पोस्टमार्टम पनि हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?