काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ६५ हजार ४६१ जनाको मृत्यु भएको छ भने ५ करोड ७२ लाख ३१ हजार ६३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९७ लाख २० हजार ७२१ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १ हजार ७९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बिहीवार मात्रै ६ लाख ४७ हजार ६३७ जना संक्रमित थपिएका छन् भने १० हजार ७५८ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकामा हालसम्म १ करोड २० लाख ७० हजार ७१२ जनालाई संक्रमण भएको छ भने २ लाख ५८ हजार ३३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ७२ लाख ४३ हजार ४८८ जना संक्रमण मुक्त भएका छन् भने ४५ लाख ६८ हजार ८९१ जना उपचाररत छन् । अ
मेरिकामा २२ हजार ४६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म ११ लाख ४७ हजार २७६ जनालाई संक्रमण भएको छ भने २० हजार ७६६ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १० लाख ८० हजार २६१ जनालाई संक्रमण भएको छ भने १८ हजार ५६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख १४ हजार ३३३ जनालाई संक्रमण भएको छ भने १७ हजार ८१३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा हासम्म १ लाख ९२ हजार १८६ जनालाई संक्रमण भएको छ । यो संख्या अमेरिकामा एकैदिन थपिएकाहरुको सबैभन्दा धेरै संख्या हो । त्यस्तै २ हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया