सर्लाही । छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश नं २ सरकारले आज र भोलि (शनिवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले आज सूचना जारी गर्दै लोकआस्थाको पर्व छठका अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ । साथै कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पूर्ण प्रदेशवासीसँग अपिलसमेत गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया