काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
चन्द्रागिरिले आफ्नो चुक्ता पुँजीको १५ अर्ब ३४ करोड ९ लाख १० हजार रुपैंयाको १२ प्रतिशतले हुन आउने १८ करोड ४० लाख ९१ हजार रुपैंया बराबरको १८ लाख ५० हजार ९ सय १० कित्ता शेयर सर्वसाधारण्लाई बिक्री गर्न स्वीकृति दिएको हो ।
गत कात्तिक २८ गते नै गरिएको स्वीकृतिलाई बोर्डले बिहीवार मात्रै सार्वजनिक गरेको हो । योसँगै चन्द्रागिरिले आह्वानपत्र प्रकाशन गरी शेयर निष्कासनको मिति तय गर्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया