तेहरान । इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कोरोना संक्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीवार जनाइएको छ ।
गत २४ घण्टामा संक्रमित भएको व्यक्ति मध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्ने पर्ने स्वास्थ्य मन्त्रालयमा महिला प्रवक्ता सिमा सदात लारीले बताएका छन् ।
इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस संक्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको छ ।
इरानमा कोरोना भाइरस संक्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया