यस्तो छ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना महामारीको अवस्था

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् । संक्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ ।

थप १७ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा एक हजार ३९८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५१३ महिला र ७१६ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौंमा १२ हजार ४४१, ललितपुरमा दुई हजार २४४ र भक्तपुरमा ९८९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौं उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?