काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २२९ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ५१३ जना महिला र ७१६ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लमा मात्रै १२ हजार ४४१ सक्रिय केस रहेका छन् भने ६७ हजार ९७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिलेसम्म काठमाडौंमा ३१२ जनाको मृत्यु भएको छ भने ८० हजार ७२६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा ९८९ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार १९५ जना निको भएका छन् । त्यस्तै हालसम्म ८१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २६५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा २ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ९ हजार ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ ११ हजार ७७४ जनालाई कोरोना संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया