मुम्बई हमलाका मास्टरमाइन्ड हाफिज सइदलाई १० वर्षको जेल सजाय

काठमाडौं । मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईदलाई पाकिस्तानको एन्टी टेरर कोर्टले १० वर्षको जेल सजाय सुनाएको छ ।

कोर्टले उनलाई टेरर फण्डिङसँग जोडिएका दुई मामिलामा सजाय सुनाएको हो ।

आतंकी सरगना हाफिज सईद (फाइल फोटो)

सईदकासाथै जफर इकबाल, याहया मुजाहिद र अब्दुल रहमान मक्कीलाई पनि साँढे १० वर्षको जेल सजाय सुनाएको हो ।

सईदलाई २०१९ मा गिरफ्तार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?