दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

काठमाडौं । दिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै विभिन्न नयाँ नियम लागू गर्न थालिएको छ । अबबाट दिल्लीमा मास्क नलगाए २ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

मुख्यमन्त्री सीएम अरबिन्द केजरीवालले यो घोषणा गरेका हुन् । यो भन्दा पहिला मास्क नलगाएमा ५ हजार रुपैयाँ जरिवाना तिराउने गरिन्थ्यो ।

केजरीवालले बिहीवार यसको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?