बराक ओबामाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रतापगढ जिल्लाको कोर्टमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अल इण्डिया रुरल बार एसोसिएशनका राष्ट्रिय अध्यक्ष ज्ञान प्रकाश शुक्लले लालगञ्ज दिवानी कोर्टमा मुद्दा दर्ता गराएका हुन् ।

ओबामामाथि उनको कितावमा राहुल गान्धी र मनमोहन सिंहको बारेमा अवाञ्छित बयान लेखेको आरोप लागेको छ । यसको सुनवाई डिसेम्बरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?