ह्वाइट हाउसलाई नै अड्डा बनाउन चाहन्छन् ट्रम्प, विदेशी राष्ट्राध्यक्षसँग कुराकानी गर्नै छोडे

काठमाडौं । चुनाव हारेपछि अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई पटक मिडियामा देखिएका छन् ।

जहाँ उनले आफ्नो धारणा राखेर बिदा भएका थिए । उनले उक्त समयमा मिडियाका कुनै पनि प्रश्नको जवाफ दिएनन् ।

ह्वाइट हाउसबाट करिव ४० किलोमिटर टाढा भर्जिनियामा उनी गोल्फ खेल्न गएका थिए । केहि अफिसरहरुलाई उनले बर्खास्त गरेका थिए । यी मध्येकै एक हो अफगानिस्तान र इराकबाट सेना फिर्ता बोलाएका छन् ।

सीएनएनले श्रोतको बयानका अनुसार ट्रम्प र पत्नी मेलानिया छुट्टिका लागि साउथ फ्लोरिडामा आफ्नो रिसोर्ट जान चाहान्थे तर अब उनले वाशिंगटनमै रहने फैसला गरेका छन् ।

ह्वाइट हाउसका एक अफिसरले आफू ह्वाइट हाउसमा रहँदा उनलाई बंकरमा बसेको जस्तो भान हुने गरेको बताएका छन् ।

त्यस्तै ट्रम्पले विभिन्न देशका राष्ट्राध्यक्षसँग सम्पर्क गर्न पनि छोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?