इराकमा एकैदिन २१ जनालाई दिइयो फाँसी

काठमाडौं । सोमवार इराकमा एकैदिन २१ जनालाई मृत्युदण्डको सजाय दिइएको छ । आतंकवादसँग जोडिएको भन्दै उनीहरुलाई फाँसी दिइएको हो ।

उनीहरुलाई इराकको कुख्यात जेल नसीरियाहमा फाँसी दिइएको हो । कुनै पनि देशमा एकैपटक यति धेरैलाई फाँसी दिने घटना कमै मात्रसुनिन्छ ।

यी सबै मानिसहरुलाई आतंकवादीसँग सामेल भएको आरोप लागेको थियो । उनीहरुलाई २००५ को आतंकवादी कानूनका अनुसार फाँसी दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?