काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १३ लाख ५४ हजार ५५२ जनाको मृत्यु भएको छ भने ५ करोड ६५ लाख ५४ हजार ९१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ९३ लाख ४८ हजार ५८५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा बुधवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार १० हजार ९६९ जनाको मृत्यु भएको छ भने ६ लाख ११ हजार ७४ जनालाई संक्रमण भएको छ ।
यसैबीच भारतमा हालसम्म १ लाख ३१ हजार ६१८ जनाको मृत्यु भएको छ भने ८९ लाख ५८ हजार १४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८३ लाख ८१ हजार ७७० जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा बुधवार मात्रै ४५ हजार ४३९ जना संक्रमित थपिएका छन् भने ५८७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया