दिनहुँ नयाँ रेकर्ड : बुधवार विश्वमा कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म १३ लाख ५४ हजार ५५२ जनाको मृत्यु भएको छ भने ५ करोड ६५ लाख ५४ हजार ९१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ९३ लाख ४८ हजार ५८५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख १ हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बुधवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । बुधवार १० हजार ९६९ जनाको मृत्यु भएको छ भने ६ लाख ११ हजार ७४ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?