जीपको ठक्करबाट बालकको मृत्यु

मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकाको बल्दे आटिचौरमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–१ कुँडीका रति ल्वारको १० वर्षीय छोरा रमेश ल्वारको रहेको प्रहरीले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दे आउँदै गरेको सु प त ०१ ज १०२००३ नंको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक ल्वारको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महराको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?