दमक । झापाको विर्तामोडबाट प्रकाशित हुँदैआएको पूर्वाञ्चल दैनिकले लिम्बू भाषा ( किराँत सिरिजङ्गा लिपि) सामग्री प्रकाशन शुरु गरेको छ ।
पूर्वका दैनिक पत्रिका अखबारमध्ये सो दैनिकले पहिलोपटक यस्तो भाषिक सामग्री प्रकाशनको शुरुआत गरेको हो । किरात याक्थुङ् चुम्लुङ झापाको सहकार्यमा पत्रिकाले आजदेखि उक्त सामग्री प्रकाशन शुरु गरिएको प्रधानसम्पादक एकराज गिरीले बताए ।
सम्पादक गिरीका अनुसार लिम्बू बाहुल रहेको जिल्लामा लिम्बू भाषाबाट नै आम पाठकलाई सूचना दिने उद्देश्यले पाक्षिकरुपमा भाषिक सामग्री प्रकाशन गरिने छ ।
लिम्बू भाषा सामग्री प्रकाशनका लागि सेसेहाङ फियाकलाई सम्पादक र सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ्लाई सहसम्पादकको जिम्मेवारी दिइएको जनाइएको छ ।
पत्रिका २६ वर्षमा प्रवेश गरेसँगै अब अन्य समुदायको भाषामा पनि सामग्री प्रकाशन गर्दै जाने लक्ष्यअनुसार प्रारम्भिक चरणमा लिम्बू भाषाबाट सामग्री प्रकाशन शुरुवात गरिएको सम्पादक गिरीले बताए।
भाषिक पृष्ठमा समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकुलगायत विविध सामग्री प्रकाशन गरिने उनले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया