विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको व्यवस्थापन समिति सदस्यमा पाँच जनालाई मनोनीत गरिएको छ ।
मनोनीत हुनेमा भीष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टीकाकुमारी भट्टराई र विशाल आङ्देम्बे छन् ।
उनीहरुलाई प्रदेश नं १ जनस्वास्थ्य ऐन, २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा मनोनीत गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईले जानकारी दिए।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनोनीत सदस्यलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गरे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया