ओलीलाई हटाउनैपर्छ भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको मनमुटावका कारण पार्टी फूटको संघारमा पुगेको टिकाटिप्पणी भइरहेको छ । यसैबीच पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एक ट्वीट गर्दै ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने बताएका हुन् ।

No description available.

नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है ? 

१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन

२.ओली सरकारको असफलता र भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?