काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार कोरोना भाइरसको भ्याक्सीन डेभलप गर्नका लागि साझा प्रयाश गर्न अपील गरेका छन् ।
उनले चीन र भारतले रुसको स्पुतनिक भी भ्याक्सीनको प्रोडक्शन गर्न सक्ने बताएका छन् ।
ब्रिक्श सम्मेलनमा उनले कोरोना भाइरसको भ्याक्सीनको रजिस्ट्रेशन गर्ने रुस विश्वकै पहिलो देश भएको अवगत गराएका थिए ।
रुसले गत ११ अगस्टमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको घोषणा गरेको थियो । गामालेया इन्सटीट्यूटले यो भ्याक्सीन विकसित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया