अमेरिकामा अर्को वर्षको जुलाईसम्ममा सबै नागरिकले कोरोना भ्याक्सीन पाउने

काठमाडौं । अमेरिकाले आफ्नो नागरिकका लागि सबैलाई उपलब्ध हुने तरिकाले अभियान सञ्चालन गर्न लागेको छ ।

डिसेम्बर अन्तिमसम्ममा २ करोड मानिसको लागि भ्याक्सीन उपलब्ध हुनेछ । साथै अप्रिलसम्ममा ७० करोड डोज तयार हुनेछ ।

यसरी अमेरिकी नागरिकहरुलाई अप्रिलबाट जुलाईसम्ममा सबैलाई कोरोना भ्याक्सीन उपलब्ध गराइने बताइएको छ ।

मोडर्ना र फाइजरले कोरोना भ्याक्सीन बनाएक छन् । उनीहरुले बनाएको भ्याक्सीनको दुई डोज एक व्यक्तिलाई लगाउनु पर्ने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?