‘अ प्रोमिस्ड ल्याण्ड’ : ओबामाको पुस्तकले भारतमा कम्पन, लेखे भारतको भविष्य !

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको संस्मरणमा आधारित कितावले भारतमा हलचल मच्चाएको छ । भारतको प्रमुख विपक्षि पार्टी र कांग्रेसका नेता राहुल गान्धीको बारेमा उनले आफ्नो पुस्तकमा लेखेका छन् ।

‘अ प्रोमिस्ड ल्याण्ड’ नामक किताव ओबामाको राजनीतिक जीवनमा आधारित संस्मरणका पहिलो अंक हो । यो मंगलवार सार्वजनिक गरिएको थियो ।

उनले आफ्नो पुस्तकमा १४ सय शब्द आफ्नो २०१० को पहिलो भारत भ्रमणको यात्रालाई लिएर खर्चिएका छन् । त्यो बेला भारतीय कांग्रेस सत्तामा थियो । ओबामाले त्यो बेलाका प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई लिएर राय राखेका छन् ।

के लेखेका छन् मनमोहन सिंहको बारेमा ?

बराक ओबामा और मनमोहन सिंह

ओबामाले आफ्नो संस्मरणमा लेखेका छन् कि, जब आफू मनमोहन सिंहसँग मिले तब सिंहले ओबामासँग भने मलाई आशंका छ कि, मुस्लिम विरोधी भावना बढेपछि हिन्दू राष्ट्रवादी पार्टी बीजेपीको प्रभाव बढीरहेको छ । त्यो बेला बीजेपी प्रमुख विपक्षी पार्टी थियो । मनमोहनले देशको आर्थिक राजधानी मुम्बईमा भएको हमला पछि पाकिस्तानविरुद्ध कारवाहीको मागलाई लिएर संयम देखाएका थिए । मुम्बई हमलामा १६६ जनाको मृत्यु भएको थियो । ओबामाले लेखेका छन्, यसै संयमका कारणले नै उनले राजनीतिक मूल्य चुकाउनु पर्यो ।

मनमोहन सिंहले उनीसँग भनेका थिए, “मिस्टर प्रेसिडेन्ट, अनिश्चिताले भरिएको समयमा धार्मिक र जातीय एकताको आह्वानले नागरिकलाई भड्काउन सक्छ । र, यस्तो अवस्थामा राजनेताहरुका यसको दोहन बढी मुश्किल हुँदैन, चाहे त्यो भारतमा होस् अथवा अन्य कतै होस् ।” ओबामाले यसमा सहमति जनाए । उनले प्रागको यात्राका दौरान भेलभेट रेभोल्युनपछि चेक गणराज्यका पहिलो राष्ट्रपति बनेका वात्स्लाफ हावेलसँग भएको कुराकानी र ‘युरोपमा उदारवादको लहर आउनुसँगको सम्बन्धित उनको चेतावनी’ याद गरे ।

ओबामाले लेखेका छन्, “यदि वैश्विकरण र ऐतिहासिक आर्थिक संकट अपेक्षाकृत धनी मुलुकहरुमा यि ट्रेन्डहरुलाई तीव्रता दिइरहेका छन्– र म यो अमेरिकासम्ममा देखिरहेको छु भने भारत यसबाट कसरी चोखो रहन सक्छ ।” ओबामाको दिल्ली यात्राको पहिलो दिन मनमोहन सिंहले सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । मनमोहन सिंहले ‘क्षितिजमा देखिन लागेका बादलहरुका बारेमा खुलेर कुराकानी गरे ।’

मनमोहन सिंहले आर्थिक मन्दीको जिकिर गरे । सन् २००७ मा अमेरिकाबाट सुरु भएको आर्थिक संकटले त्यो बेलासम्म पूरै विश्व प्रभावित हुन लागेको थियो । ओबामाले भारतीय प्रधानमन्त्री परमाणु हतियारले सुसज्जित छिमेकी देश पाकिस्तानसँगको लगातारको तनावलाई लिएर चिन्तित देखिएका पनि पुस्तकमा उल्लेख गरेका छन् ।

“त्यो समयमा पाकिस्तान पनि समस्या थियो । सन् २००८ मा मुम्बईका होटलहरु र अन्य स्थलमा भएको आतंकवादी आक्रमणको भारतका साथ जाँच गर्ने काममा उ लगातार असफल भइरहेको थियो । जसले दुई देशबीचको तनाव उल्लेखनीय तरिकाले बढिरहेको थियो । किनकि आक्रमणका लागि जिम्मेवार आतंकवादी संगठन लश्कर–ए–तैय्यबाको पाकिस्तानको इन्टेलिजेन्ट सर्विस (गुप्तचर) सँग सम्बध रहेको ठानिँदै थियो ।”

ओबामाले मनमोहन सिंहलाई ‘भारतको आर्थिक परिवर्तनका मुख्य आर्किटेक्ट, बुद्धिमान, विचारवान र निष्ठापूर्वक इमान्दार’ भनेका छन् ।

ओबामाले लेखेका छन् कि मिस्टर सिंह एक ‘विनम्र टेक्नोक्रेट हुन् । जसले केवल भारतका जनताको भावनाहरुलाई मूर्त रूप दिएर उनीहरुको विश्वास मात्रै जितेका छैनन्, उनीहरुको जीवन स्तर माथि उठाएका छन् । र यस क्रममा बेइमान न भएको आफूले कमाएको छवि पनि यथावत राखेका छन् ।’

ओबामाले लेखेका छन्, “विदेश नीतिका बारेमा उनी सतर्क थिए, ऐतिहासिक रुपमा अमेरिकाको लक्ष्यलाई सन्देहका नजरले हेर्ने भारतीय नौकरशाहीको सोचबाट धेरै अगाडि जान चाहन्थे । हामीले जुन समय एक साथ बितायौं त्यसले उनका बारेमा मेरो सुरुवाती धारणा पुष्टि गर्यो कि मनमोहन सिंह असाधारण बुद्धिमान र शालीन व्यक्ति हुन् ।”

सोनिया गान्धीका बारेमा के लेखेका छन् ?

सोनिया गांधी और बराक ओबामा

तत्कालीन सत्ताधारी पार्टी कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई ओबामाले ‘६० वर्षभन्दा बढी उमेरकी आकर्षक महिला’ का रुपमा सम्झिएका छन् । ‘जो पारम्परिक साडी पहिरिएकी थिइन् । उनको मर्मभेदी काला आँखा र उपस्थिति शाही अन्दाजवाला थियो’ उनले सोनियालाई स्मरण गर्दै भनेका छन् ।

“युरोपेली मूलकी यी महिला पहिले आमाको जिम्मेवारी निभाउँदै घरसम्म मात्रै सीमित थिइन् । १९९१ मा श्रीलंकाको अलगाववादी आत्मघाती आक्रमणकारीबाट पतिको मृत्यु भएपछि उनको परिवारको राजनीतिक विरासत सम्हाल्दै अहम् राष्ट्रिय नेताका रुपमा उदय भयो,” ओबामाले पुस्तकमा लेखेका छन् ।

इटालीमा जन्मिएकी सोनिया गान्धीका पति राजीव गान्धी भारतका प्रधानमन्त्री थिए । १९९१ मा तमिलनाडु राज्यमा आयोजित र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले उनको हत्या गरेको थियो ।

ओबामाले ‘डिनर’ का बेला सोनिया गान्धी कम बोलेर धेरै सुनिरहेकी थिइन् । “नीतिगत मुद्दाहरुमा उनी सावधानीपूर्वक मनमोहन सिंहतर्फ कुरा मोडिरहेकी थिइन् । कयौं पटक चर्चालाई आप्mना छोरातर्फ मोड्ने प्रयास गरिरहेकी थिइन्,” उनले भनेका छन्, “यद्यपि, मलाई उनको सत्ताको आधार चतुर्‍याईँ र शक्ति सम्पन्न वुद्धिमता नै हो भन्ने स्पष्ट भइसकेको थियो ।”

के लेखेका छन् राहुल गान्धीको बारेमा ?

बराक ओबामा और राहुल गांधी

ओबामाले राहुल गान्धीको बारेमा स्मार्ट र उत्साही बताएका छन् । जसलाई ‘न्यन नक्श आफ्नी आमाबाट मिल्छ’ ओबामाले लेखेका छन् । उनले लेखेका छन्, ‘उनले भविष्यको प्रगतिशिल राजनीतिमा आफ्नो विचार राखेका थिए, कहिले त उनले मेरो २००८ को चुनाव अभियानको बोमा पनि जानकारी लिएका थिए । तर उनमा एक नर्भसपना रहेछ, उनी एउटा यस्तो छात्र हुन्, जसले आफ्नो कोर्स पूरा गरेका छन्, र उनी आफ्ना टीचरलाई प्रभावित गर्न चाहान्छन्, तर उनी विषयगतमा पारङ्गत बन्न असमर्थ छन्, अर्थात् योग्य छैनन् ।’

राहुल गान्धीको बारेमा यो टिप्पणी न्यूयोर्क टाइम्समा आएको समीक्षामा छापिएको छ । जसलाई लिएर भारतीय कांग्रेस रुष्ट छ ।

के लेखे भारतको भविष्यको बारेमा ?

उनले लेखेका छन्, ‘आजको भारत एक सफल कहानी हो, जहाँ धेरै सरकार बदलिरहेका राजनीतिक दलहरुको बीचमा खरो प्रस्तुत भएर विभिन्न समस्या झेलिसकेको छ । तर उन्नत लोकतन्त्र र मुक्त अर्थव्यवस्थाका बावजुत भारत अझै पनि गान्धीको कल्पनावाला समतावादी, शान्तिपूर्ण र सहअस्तित्व वाला समाजको छविभन्दा कमै मेल खान्छ । असमानता चरम छ र हिंसा भारतीय जीवनको एक भाग बनेको छ । उनी लेख्छन्, नोभेम्बरको त्यो साँझ मनमोहन सिंहको घर छोड्दै गर्दा उनी सोचिरहेका थिए कि, ७८ वर्षका प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट टढा रह्यो भने के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?