बेलायतमा एकैदिन ५९८ जनाको मृत्यु, इटालीमा २४ घण्टामा थपिए ३३ हजार संक्रमित

काठमाडौं । बेलायतमा बोरिस जोनसन सरकारले देशका केहि भागमा गत हप्ता आंशिक लकडाउन गरेको थियो । तर त्यसको नतिजा भने राम्रो पाइएको छैन ।

२४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९८ रहेको छ । त्यस्तै २२ हजार नयाँ केस थपिएका छन् ।

बेलायतमा हालसम्म ५२ हजार ७४५ जनाको मृत्यु भएको छ । १२ मे पछि एकैदिन मृत्यु भएकाको संख्यामा यो सबैभन्दा धेरै हो ।

त्यस्तै इटालीमा फेरि कोरोनाको लहर देखा पर्न थालेको छ । यूरोपका लगभग सबै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

सोमवार त्यहाँ २७ हजार केस देखिएका थिए भने मंगलवार ३३ हजार संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?