काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ४३ हजार १५३ जनाको मृत्यु भएको छ भने ५ करोड ५९ लाख ३९ हजार ४४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ८९ लाख ५९ हजार ९२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ७९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा एकैदिन ५ लाख ४६ हजार ६६२ जना संक्रमित थपिएका छन् भने १० हजार ५०२ जनाको मृत्यु भएको छ ।
यो संख्या हालसम्मकै एकैदिनमा मृत्यु हुनेको सर्वाधिक संख्या हो । यसैबीच अमेरिकामा हालसम्म २ लाख ५४ हजार २५५ जनाको मृत्यु भएको छ भने १ करोड १६ लाख ९५ हजार ७११ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७० लाख ८७ हजार ७९६ जना संक्रमण मुक्त भएका छन् भने ४३ लाख ५३ हजार ६६० जना उपचाररत छन् ।
त्यस्तै २१ हजार ७८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा २० हजार ३३५ जनाको मृत्यु भएको छ भने ११ लाख १६ हजार ९१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १० लाख ५३ हजार २९३ जनालाई संक्रमण भएको छ भने १८ हजार ३३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा १७ हजार ६४७ जनाको मृत्यु भएको छ भने ८ लाख ९७ हजार ३२३ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा मंगलवार मात्रै १ लाख ५७ हजार २६१ जनालाई संक्रमण भएको छ भने १ हजार ६१५ जनाको मृत्यु भएको छ ।
यो संख्या जुलाई ३० यताकै सबैभन्दा धेरै हो । जुलाई ३० मा १ हजार ८५३ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया