मंगलवार कोरोनाबाट विश्वमा हालसम्मकै सबैभन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ४३ हजार १५३ जनाको मृत्यु भएको छ भने ५ करोड ५९ लाख ३९ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८९ लाख ५९ हजार ९२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ७९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा एकैदिन ५ लाख ४६ हजार ६६२ जना संक्रमित थपिएका छन् भने १० हजार ५०२ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै एकैदिनमा मृत्यु हुनेको सर्वाधिक संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?