काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलवार साँझ ५ बजे डिस्चार्ज गरेको हो ।
अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया