काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
हालसम्म कोरोना भाइरसका कारण विश्वमा १३ लाख ३५ हजार ८३० जनाको मृत्यु भएको छ भने ५ करोड ५५ लाख ६४ हजार ५३१ जनालाई संक्रमण भएको छ । यसमध्ये ३ करोड ८७ लाख ६० हजार ५५५ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच चिनियाँ सञ्चारमाध्यमको एक अप्रकाशित रिपोर्टमा गत वर्षको १७ नोभेम्बरमा (२०१९) मा पहिलो कोरोनाको केस फेला परेको बताइएको छ ।
उक्त मानिस हुबेई प्रान्तको वुहान शहरमा बस्थे । ५५ वर्षका उक्त मानिससहित नोभम्बरमै ४ पुरुष र पाँच महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर चीनले भने यसलाई खारेज गर्दै ८ डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएको बताइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया