काठमाडौं । अमेरिकाका प्रेसिडेन्ट इलेक्ट जो बाइडेनले देशको खराब भएको छविलाई सुधार्ने बताइसकेका छन् ।
अमेरिकाको डिप्लोम्याट, इन्टेलीजेन्स र मिलिट्री सर्भिससँग जोडिएका मानिसलाई सम्मान दिने उनको सोच छ ।
साथै अन्य देशहरुसँग् बिग्रिएको सम्बन्धलाई सुधार्ने प्रयत्नमा आफू लाग्ने उनले बताएका छन् । अमेरिकामा परिवर्तनको सन्देश विश्वभर नै सुनिने उनले भोटर्ससँग बताएका थिए ।
जसका कारण उनले ट्रम्पलाई पराजित गरेर जित दर्ता गराउन सफल भए । तर उनले शासन शुरु गरेको १०० दिन भित्रका गतिविधिले उनको भनाईलाई छर्लङ्ग बनाउनेछ ।
उनले १०० दिन भित्रमा देशका लागि के के गर्नेछन् भन्ने कुरा महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् ।
उनले जलवायु परिवर्तनमाथि रद्ध गरिएको पेरिस सम्झौतामा फेरि सहभागी बन्ने बताइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया