के अमेरिकाले इरानमा आक्रमण गर्दैछ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्नेबारे आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह गरेको खुलेको छ । इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भाव्यता र त्यसका विकल्पबारे उनले बिहीवार आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह मागेको समाचार न्यूर्योक टाइम्समा प्रकाशित छ ।

वहालवाला चारजना अधिकारी र केही पूर्व अमेरिकी अधिकारीहरुको भनाई उदृत गर्दै बिहीबार राष्ट्रपतिको कार्यालयमा यसबारे छलफल भएको हो ।
यसक्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमनत्री माइक पोम्पेओ, कार्यवहाक रक्षामन्त्री क्रिष्टोफर मिलार र सेना प्रमुख जनरल मार्क मिल्ललगायत वरिष्ठ सल्लाहकारहरुले सैन्य आक्रमण नगर्न सल्लाह दिएको समाचारमा उल्लेख छ ।

The US shouldn't take military action against Iran - The Boston Globe

राष्ट्रपति छँदाका अन्तिम दिनहरुमा गरिएको यस्तो आक्रमणले अहिले देखिएको भुठभेडपूर्ण अवस्थामा थप समस्या निम्तने भन्दै उनीहरुले सावधान गराएका थिए ।
यद्यपी, ट्रम्पले इरानका सहयोगी र उसको सम्पत्तिमाथि आक्रमण गर्नेबारे सोचिरहेको हुनसक्ने सल्लाहकारहरुले बताएका छन् । इराकमा रहेका इरानी लडाकुुहरुमाथि आक्रमण गर्ने योजना पनि ट्रम्पको हुनसक्छ, टाइम्स पत्रिकासँगको कुराकानीमा सल्लाहकारहरुले भनेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले जारी गरेको रिपोर्ट टाइम्स पत्रिकामा प्रकाशित भएको थियो, यस रिपोर्टअनुसार इरानको युरेनियम भण्डारण आणविक सम्झौताले तय गरेको न्युुनतम मापदण्ड (३ सय किलोग्रामको सिमितता) भन्दा १२ गुणा धेरै पुुगिसकेको छ ।

२०१५ मा अमेरिकासहित विश्वका शक्तिशाली ५ देश समेतको संलग्नतामा इरानले यो सम्झौतामा हस्तक्षेप गरेको थियो । यद्यपी, अमेरिका २०१८ मा यो सम्झौताबाट बाहिरिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?