काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ३२ हजार १०० जनाको मृत्यु भएको छ भने ५ करोड ५३ लाख ४५ हजार ४२४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ८४ लाख ९० हजार १०४ जना संक्रमण मुक्त भएका छन् भने ९९ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा मंगलवार ५ लाख ४ हजार ५६७ जनालाई संक्रमण भएको छ भने ७ हजार ३०५ जनाको मृत्यु भएको छ ।
यसैबीच भारतमा हालसम्म् १ लाख ३० हजार ५५९ जनाको मृत्यु भएको छ भने ८८ लाख ७४ हजार १७२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८२ लाख ८८ हजार १६९ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ५५ हजार ४४४ जनाको उपचार भईरहेको छ ।
भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै सोमवार भारतमा २८ हजार ५५५ जना संक्रमित थपिएका छन् भने ४५० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया