सोमवार विश्वभर ५ लाख भन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ३२ हजार १०० जनाको मृत्यु भएको छ भने ५ करोड ५३ लाख ४५ हजार ४२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८४ लाख ९० हजार १०४ जना संक्रमण मुक्त भएका छन् भने ९९ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा सोमवार ५ लाख ४ हजार ५६७ जनालाई संक्रमण भएको छ भने ७ हजार ३०५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?