काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेकपा पार्टी एकतामा अप्ठ्यारोमा रहेको बताएका छन् । उनले एकताको रक्षा गर्ने प्रयास जारी रहेको भन्दै विस्तारै संकटको बादलहरु हटेर जाने विश्वास व्यक्त गरेका छन् ।
‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरु हटेर जानेछन्’, ओली निकट मानिने ज्ञवालीले ट्वीटरमार्फत भनेका छन् ।
उनले पार्टीभित्रको नीतिगत बहस गर्न जरुरी रहेपनि आरोप प्रत्यारोपमा उत्रिन नहुनेमा जोड दिएका छन् ।
उनले भनेका छन्, ‘कमरेडहरुलाई आग्रह छ, नीतिगत बहस गरौं, आरोप प्रत्यारोप नगरौं । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य भेट हुनेछ ।’
उनले आरोप प्रत्योपमा उत्रिदा विचार पुर्याउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ ।’
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको पु्गेपछि पार्टीको भविष्य नै के हुने भन्नेमा अन्योलता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया