पत्रकार देवलको मृत्यु

डोटी । दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको आज मृत्यु भएको उनको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य देवल पछिल्लो समय कैलालीबाट प्रकाशन हुँदै आएको ‘मर्निङबेल’ दैनिकमा डोटीका लागि तथा जिल्लाबाट प्रकाशन भइरहेको ‘नजर’ साप्ताहिकका संवाददाता थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?