काठमाडौं । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा बराह ८ सुनसरीकी वर्ष ३८ की एक महिला र तेह्रथुमकी वर्ष २० की एक युवती रहेका छन् ।
तेह्रथुमकी २० वर्षीया युवतीलाई कार्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सुनसरीकी महिलालाई आजै कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतक दुबैलाई पहिल्यैबाट अन्य दीर्घरोग रहेको अस्पतालका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया