पोखरामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म मुत्यु हुनेको संख्या १२३ पुगेको छ । भाइटिकाको दिन आज पोखरामा एक कोरोना संक्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको संख्या १२३ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना संक्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५ः२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?