काठमाडौं । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमवार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतवार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी सातौँपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।
नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् ।
उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया