नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुुनेको कुल संख्या १२ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २३० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ९३४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ ।

अहिलेसम्म नेपालमा १६लाख १३ हजार ९११ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?