अमेरिकी चुनावलाई लिएर ट्वीटरको ठूलो खुलासा !

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको स्पष्ट नतिजा आईसकेको छ । जसमा डेमोक्रेटिकका उम्मेद्वार जो बाइडेनले जित दर्ता गरेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प यो स्विकार्न तयार छैनन् । उनले चुनाव धाँदली भएको बताएका छन् ।

यसैबीच ट्वीटरले एक नयाँ खुलासा गरेको छ । ट्वीटरले २०२० मा अमेरिकी राष्ट्रपति चुनावसँग सम्बन्धीत लगभग ३ लाख भ्रामक कन्टेन्ट ट्वीट गरेको बताएको छ ।

२०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएका छन् भने, डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल भोट पाएका छन् । बहुमतका लागि त्यहाँ २७० इलेक्टोरल भोटको आवश्यक पर्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्पुतनिकका अनुसार राष्ट्रपति ट्रम्पले ५० ट्वीट तथा रिट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?