एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास नगरपालिका–१० ले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउने क्रम जारी छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो ।

विभिन्न सङ्घसंस्था र व्यक्तिहरुबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि हालसम्म सात लाख ४० हजार सहयोग रकम जुटिसकेको उपशाखा सभापति रामदत्त पौडेल बताए। सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि हालसम्म अधिकतम सहयोग गर्ने व्यास–१० दुम्सीकोट निवासी अन्जु गिरी क्षेत्रीलरु ५० हजार ११५ सहयोग गरेका छन् ।

सोसाइटी थालेको सो अभियानमा व्यक्तिदेखि सङ्घसंस्थाहरु खुलेर सहयोगमा जुटेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पछिल्लो समय विदेशमा रहेका नेपालीले समेत यस पुण्य कार्यमा सहयोग गर्दै आएको बताइएको छ । गत भदौ १९ गतेदेखि रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिदको लागि अभियान थालेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?