काठमाडौं । पछिल्लो केहि दशक यता संवैधानिक संकटसँग लडीरहेको दक्षिणी अमेरिकी देश पेरुका अन्तरिम राष्ट्रपति म्यानुअल मेरिनोले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनी गत हप्ताको मंगलवार अन्तरिम राष्ट्रपति बनेका थिए । यो भन्दा पहिला पेरुको सांसदले मतदान गरेर पूर्व राष्ट्रपति मार्टिन विजकारालाई अपदस्थ गरेका थिए । त्यसपछि म्यानुअल मेरिनाको अन्तरिम राष्ट्रपति बनाइएको थियो ।
मेरिनोको विरोधमा केहि दिन यता प्रदर्शन भएको थियो । जसकारण उनले राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया