कोरोना अस्पतालको आईसीयूमा ब्लास्ट, १० जनाको मृत्यु

काठमाडौं । रोमानियाको पियात्रा नीम्ट काउन्टीको एक अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु भएको छ । अस्पतालमा कुल १६ संक्रमित भर्ना भएका थिए ।

उनीहरुलाई बचाउने कोशिसमा डाक्टरहरु पनि जलेका छन् । डाक्टरहरु ४० प्रतिशत जलेको अवस्थामा अस्पताल भर्ना भएका छन् ।

शनिवार भएको उक्त घटना पछि राष्ट्रपति क्लाउस लोहानिसले यस घटनाले देशलाई शोकमा डुबाएको बताएका छन् । त्यस्तै प्रधानमन्त्री लुडोविक ओरबानले संक्रमितको उपचार गर्ने डाक्टरलाई नायक बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?