बालुवाटारबाट प्रचण्डलाई प्रधानमन्त्री ओलीको सन्देश : झुटो आरोपको जवाफ दिनेछैन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूटो भएको बताएका छन् । उनले आफूले त्यस्ता झूटो आरोपहरुको जवाफ नदिने बताएका हुन् ।

आइतवार बालुवाटारमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टा छुट्टै भेट गरेका थिए ।

भेटघाटका क्रममा भएको छलफलमा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?