काठटमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अन्य नेतासँग परामर्श बढाएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोशिस गरिरहेका हुन् ।
आइतवार प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर परामर्श गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।
साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए । तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका छन् ।
आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया