मेक्सिको सिटी । मेक्सिकोमा कोभिड–१९ संक्रमितको संख्या शनिवार १० लाखभन्दा बढी पुगेको मेक्सिको सरकारले जनाएको छ ।
विगत २४ घण्टामा मेक्सिकोमा कूल पाँच हजार ८६० व्यक्तिमा थप संक्रमण पुष्टि भएको र यो संगै अहिलेसम्म १० लाख तीन हजार २५३ व्यक्ति संक्रमित भएका स्वास्थ्य मन्त्रालयका रिकार्डो कोर्टसले भने।
मेक्सिकोमा आइतवारसम्म ९८ लाख २५९ व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा मेक्सिकोमा ६३५ कोभिड–१९ संक्रमितको मृत्यु भएको थियो ।
मेक्सिको अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का कारण बढी मृत्यु दर रहेको मुलुक हो । मेक्सिको संक्रमणका हिसाबले ११ औँ बढी प्रभावित मुलुक हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया