दुई स्थानमा आगलागीबाट ६८ लाख क्षति

मोरङ । तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको छ ।

यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिवार राति आगलागी हुँदा आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?