थप ६ जनाको मृत्यु, नेपालमा आज थपिए १४ सय बढी कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २२१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

अहिलेसम्म नेपालमा १६लाख ९ हजार ७९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?